पपुवा न्यूगिनीमाथि नेपालको २ विकेटको जित

NAWALPUR TIMES

पपुवा न्यूगिनीमाथि नेपालको २ विकेटको जित
nepal papuwa new gini

काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने रोमपाल २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology