कावासोती-१७ मा झोलुङ्गे पुल बगायो, स्कुल भित्र बाढी

NAWALPUR TIMES

कावासोती-१७ मा झोलुङ्गे पुल बगायो, स्कुल भित्र बाढी
pul

प्रदिप महतो/कावासोती । कावासोती नगरपालिकाको वडा नं. १७ गोरसती स्थित पत्थर खोलामा २ बर्ष पहिला निर्माण गरीएको झोलुङ्गे पुल हिजो देखी आएको अविरल बर्षाका आएको बाढीले बगाएको छ ।
संघिय सरकारको आर्थिक सहयोगमा ४२ लाखमा निर्माण गरीएको उक्त झोलुङ्गे पुलको २ बर्ष पहिला निर्माण कार्य सकिएको थियो ।
स्थानीय कोशीराम महतोका अनुसार झोलुङ्गे पुलको तल सिचाईको लागी लगाईएको बाँधले पानीको बहव रोक्दा जादा झलुङ्गे पुल बगाएको हो । सिचाईको लागी पक्कि ढलान गरेर बनाइएको बाँधले पानीको बहाव रोक्दा गाँउमा समेत पानी पसेर कावासोती नगरपालिका वडा नं. १७ मा रहेको त्रिभुवन बाल मा. वि. को मन्टेश्वरी कक्षा संचालन गरीएको भवनमा समेत पानी पसेको महतोलेबताए ।


विद्यालयका प्रध्यानाध्यापक दिपक घिमिरेका अनुसार मन्टेश्वरीमा पढ्ने बालबालिकाको राखिएकोे खेलकुद सामाग्री र अध्ययन सामग्री समेत बाढीले बगाएको बताए । घिमिरेका अनुसार राष्ट्रपति शौक्षिक सुधारको निर्माणधिन भवनका लागी राखेकोे ५० बोरा सिमेन्ट भिजेको र छड बगाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology