काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।
बिहीबार न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दिएको रिट निवेदनको सुनुवाई गर्दै श्रेष्ठविरुद्ध निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन भनी आदेश दिएको हो ।
दलित भएकै कारण घरभेटी सरस्वती प्रधानले आफूलाई कोठा नदिएको भन्दै सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले असार ६ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छोड्न भनेपछि उनलाई असार ९ गते छोडिएको थियो । उनी रिहा हुने क्रममा तत्कालीन शिक्षामन्त्री श्रेष्ठ सरकारी गाडीसहित महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसर पुगेका थिए ।
पचि रूपाले शिक्षामन्त्री श्रेष्ठ, सरकारी वकिलको कार्यालय काठमाडौँ र महानगरीय प्रहरी वृत सिंहदरबारलाई विपक्षी बनाएर असार २० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
प्रकाशित : २०७८ साउन १ गते ८:२९
Facebook Comment