दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ

NAWALPUR TIMES

दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ
tiktok mahila

धादिङ, २१ असार । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् ।

अवैध वन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology