नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने

NAWALPUR TIMES

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने
1622967593698

काठमाडौं ।विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ ।यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो ।

शुक्रबार बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकमा यसबारे बैठक भएको र अन्योलमा परेको सिरिज स्पेनमा हुने निश्चित भएको एक सदस्यले जानकारी दिए ।

‘त्रिकोणत्मक सिरिज स्पेनमा हुने निश्चित भएको छ,’ उनले भने, ‘यसका लागि आवश्यक ट्रेनिङको विषयमा सिरिजको मिति सार्वजनिक भएपछि निर्णय हुन्छ ।’

स्पेन सरकारले प्रतियोगितका लागि अनुमति दिएसँगै खेलाडीहरूको क्वारेन्टाइन बस्ने स्थान लगायत कुरा निश्चित भएपछि मात्रै सिरिजको तालिका सार्वजनिक हुने छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology