९९ मत ल्याउने गुरुङ बनिन मन्त्री

NAWALPUR TIMES

९९ मत ल्याउने गुरुङ बनिन मन्त्री
FB IMG 16228933554387779

गत स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्।

टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले निर्वाचनमा आठ हजार ९८ मत पाएकी थिइन् भने गुरुङ्गले जम्मा ९९ मत पाएकी थिईन्।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

शुक्रबार गुरूङलाई प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी को उपाध्यक्ष थिइन

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology