नेपाल र इराकले आज मैत्रीपूर्ण फुटबल खेल्दै

NAWALPUR TIMES

नेपाल र इराकले आज मैत्रीपूर्ण फुटबल खेल्दै
1622258829211

काठमाडौँ । नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

अन्तराष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको इराक विरुद्ध मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली बुधबार नै बसरा पुगिसकेको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology