काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै ३ विकेट लिएका छन् । उनले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् ।
अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा खेलेका कमलले ३.१ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिएका हुन् । उनले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रियमा ८ रन खर्चिए भने विकेट लिन सकेनन् । त्यसपछिको ओभरमा उनले २ विकेट लिए ।
उनले नवौं ओभरको दोस्रो बलमा मलेसियामा शार्भिन मुनिएन्डीलाई एलबीडब्लु आउट गरे । कमलले सोही ओभरको अन्तिम बलमा व्यक्तिगत दोस्रो विकेट लिए । उनले १३ रन बनाएका विरानदिप सिंहलाई आसिफ शेखबाट क्याचआउट गराएका थिए ।
त्यसअघि अन्तिम ओभर बलिङ गरेका कमलले पहिलो बलमै मोहम्मद वाकिफलाई कुशल मल्लबाट क्याचआउट गराए ।
कमलले गत वर्ष नेपालमै भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान विरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले विकेट लिन सकेनन् ।
गत माघमा भएको चौथो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपीएफबाट खेलेका कमल प्लेअर अफ दि म्याच बनेका थिए ।
प्रकाशित : २०७८ वैशाख ९ गते १७:०५
Facebook Comment