नेपालले टस जितेर ब्याटिंग गर्दै

NAWALPUR TIMES

नेपालले टस जितेर ब्याटिंग गर्दै
1618903352354

काठमाडौं, बैशाख ७ गते । नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेदरल्याण्ड्स र नेपालबीचको उक्त खेल अपरान्ह १ बजेर १५ मिनेटपछि सुरु हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुन लागेको खेलमा नेपालले अन्तिम एघारमा कुनै परिवर्तन गरेको छैन् । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रोमा मलेसियालाई नौ विकेटले हराएको थियो । पहिलो दुबै खेल जितेको नेपालले नेदरल्याण्ड्स बिरुद्धको दोस्रो खेलमा जित हात पारे प्रतियोगिताको फाइनलमा स्वतः स्थान सुनिश्चित गर्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology