बाल संगठन नवलपरासीको पदहस्तान्तरण तथा जिल्ला सभा सम्पन्न

NAWALPUR TIMES

बाल संगठन नवलपरासीको पदहस्तान्तरण तथा जिल्ला सभा सम्पन्न
received 543297486642267 scaled

परासी,१४ चैत । बाल संरक्षणको क्षेत्रमा क्रियाशील नेपाल बाल संगठन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पदहस्तान्तरण तथा जिल्ला सभा सम्पन्न भएको छ । हिजो विहान नेपाल बाल संगठनको निवर्तमान जिल्ला कार्य समितिले आयोजना गरेको समारोहमा निवर्तमान जिल्ला सभापति सन्तोष श्रीवास्तवले नवनियुक्त जिल्ला सभापति पृत्तम पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
नेपाल बाल संगठन केन्द्रिय समितिले गत असोज १६ गते जिल्ला कार्य समिति भंग गरी पृत्तम पौडेल जिल्ला सभापति हुने गरी जिल्ला तदर्थ समिति गठन गरेको थियो । आज औपचारिक रुपमा निवर्तमान समितिले पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नवनियुक्त जिल्ला सभापति पौडेलले बालमन्दिरको संस्थागत विकास, संरक्षण एवं संरक्षण विहीन बालबालिकाको सहारा बन्ने कार्यमा आफू सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान जिल्ला सभापति श्रीवास्तव, पूर्व सभापति केशवराज शर्मा खनाल, पर्यटन पुन ः उत्थान समति लुम्बिनी प्रदेश सदस्य लक्ष्मी क्षेत्री, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य, वास पत्रकार समूहका जिल्ला अध्यक्ष मोहन पौडेल, बाल संगठनका निवर्तमान उपसभापति रामचन्द्र भण्डारी, निवर्तमान सचिव बसन्त पराजुली लगायतले शुभकामना व्यक्त गर्दै नेपाल बाल संगठनलाई गतिशीलता र थप शसक्त संगठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसैबीच नेपाल बाल संगठन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को जिल्ला सभा पनि आजै सम्पन्न भएको छ । बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको प्रमुख आतिथ्यमा भएको उक्त सभाले पृत्तम पौडेल नै जिल्ला सभापति रहने गरी अन्य सात जना सदस्य रहेको जिल्ला कार्य समिति गठन गरेको छ ।
नवगठित समितिको सदस्यहरुमा दिपक कुमार गैरे,रिंगला यादव, राकेश गुप्ता, शर्मिला पौडेल, ईश्वर कोईराला, समिर परियार,अस्मिता भट्टराई रहनुभएको छ । बाल संगठनको विधान अनुसार थप दुई सदस्य सभापतिले नियुक्ती गर्नेछन् भने एक सदस्य केन्द्रिय कार्य समितिले मनोनित गर्ने र कार्यसमिति सदस्यहरुबाट सभापतिले उपसभापति, सचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।
सभालाई सम्बोधन गर्र्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बाल संगठनको विगतको साख र गरिमालाई उजागर गर्र्दै बालबालिकाको छाता संस्थाको रुपमा स्थापित गर्न आग्रह गर्नुभयो । बाल संगठनका जिल्ला सभापति पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे, दिपक गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology