नारायणी नदि किनार सरसफाइ गरेर मनाईयो विश्व वन्यजन्तु दिवस
NAWALPUR TIMES प्रकाशित : २०७७ फागुन १९ गते १९:५४
FB IMG 16147804388494298
चन्द्राकुमारी महतो/कावासोती । विश्व वन्यजन्तु दिवस तथा सिविएपियू डे को अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा नारायणी नदी सरसफाई तथा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
मानविय कारणले गर्दा बन्यजन्तुको वासस्थान संकटमा पर्दै गएको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायाणी नदि सरसफाई , वन्यजन्तु चराचुरुग्ङी अवलोकन तथा कोणसभा कार्यक्रम भएको हो । कावासोती नगरपालिकाको मध्यवर्ती सामुदायिक वन अन्तर्गत पर्ने शान्तिकुञ्ज नमुना र कृष्णसार वन परिसर मा समेत सरसफाई गरिएको छ ।
वनजङ्गल क्षेत्रमा बढ्दै गएको प्रदुषण र दुषित पानीले गर्दा वन्यजन्तुको स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको छ । यसलाई मध्यनजर गर्दै सरसफाई तथा नागरिकमा बन्यजन्तु संरक्षण सम्बन्धि चेतना प्रवाह गर्ने उद्धेश्यले कोणसभाको आयोजना समेत गएिको सिविएपियूका अध्यक्ष केवल प्रसाद चौधरीले बताउनु भयो ।
लामिचौर उपभोक्ता समिती अन्तर्गत गठित समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान ( सिविएपियू) , जटायु रेष्टुरेण्ट व्यवस्थापन समिती र तिन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिती कृष्णसार , नमुना र शान्तिकुञ्जको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कावासोती १३ का वडा अध्यक्ष विनोद रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लौखानी रेन्ज पोष्टका प्रमुख शुशिल झा , कृष्णसार मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष भेषराज महतो लगायत वन समितीका पदाधीकारी , उपभोक्ता लगाएतको उपस्थिती रहेको थियो ।
Facebook Comment