देवचुली-९मा लक्षित वर्गमा पर्ने दुई परिवारपछि वडाध्यक्ष पनि स्वास्थ्य बीमामा आवद्ध

NAWALPUR TIMES

देवचुली-९मा लक्षित वर्गमा पर्ने दुई परिवारपछि वडाध्यक्ष पनि स्वास्थ्य बीमामा आवद्ध
received 3729684157149832

देवचुली । देवचुली नगरपालिका वडा नं.९ का अती अशक्त व्यक्तिलाई दिइने क वर्गको रातो कार्ड भएको परिवार र जेष्ठ नागरिकको परिवार गरी २ प्रतिनिधि परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराइसकेपछी तेस्रो परिवारको रुपमा उक्त वडाका वडाध्यक्ष मेखबहादुर थापा सारु मगरले आफ्नो परिवारको आज स्वास्थ्य बीमा गराउनु भएको छ। उहाँले आफ्नो वडाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध हुन समेत अनुरोध गर्नुभयो।

लक्षित वर्गलाई नि:शुल्क र अन्यलाई सशुल्क हुने स्वास्थ्य बीमाले ५ जना रहेका प्रतीएकाई परिवारको ३५०० रुपैयाँ योगदान रकम लिएर वार्षिक १ लाख रुपैयाँसम्मको नि:शुल्क स्वास्थ्य चेकजाँच एवं औसधिउपचारको व्यवस्था गरेको छ। ५ बाट माथी सदस्य बढ्दै जाँदा प्रती सदस्य ७०० रुपैयाँ योगदाम रकम बढ्ने र त्यसवापत सुविधाको थैलीमा पनि २० हजार बढ्ने देवचुली-९ का स्वास्थ बीमा दर्ता सहयोगी होमनाथ पौडेलले वताए।

अहिले ६८ औं जिल्लाकोरुपमा नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) जिल्लाका ९२ वटा वडामा स्वास्थ्य बीमा दर्ता सहयोगीले स्वास्थ्य बीमा गर्दै घरदैलो गरिरहेका छन्। स्वास्थ्य बीमा कार्यक्रम नाफानोक्सानमा केन्द्रित नरहने योगदानमा आधारित कार्यक्रम हो।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएपछि बहिरङ सेवा ( ओ. पि. डि.), आकस्मिक सेवा ( इमरजेन्सी), अन्तरङ सेवा (अस्पताल भर्ना भइ गरिने सेवा), निदानात्मक सेवा ( एक्स रे, इसिजी), अल्ट्रासाउन्ड, एम आर आइ, सिटि स्क्यान, रगतको जाँच, सुचिकृत औषधिहरु, विभिन्न साना तथा ठुला शल्यकृयाहरु, र तोके बमोजिम मुल्यको चश्मा, श्रवण यन्त्र, सेतो छडी र वैशाखी लगाएतको सेवासुविधा पाइन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology