नारायणी विकास समाजद्वारा १ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES

नारायणी विकास समाजद्वारा १ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
received 729103527809088

माघ २६ चितवन । भरतपुर महानगरपालिका देवटारमा रहेको सामाजिक संस्था नारायणी बिकास समाजको सहयोगमा कालिका नगरपालिका वार्ड नम्बर ८ स्थित गैरीबारीमा रहेको चक्रदेवी आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १५० विद्यार्थीहरुलाइ न्यानो बितरण कार्यक्रम अन्तर्गत ज्याकेट बितरण गरिएको छ ।

करिब दस बर्ष अघि स्थापना भएको यस सामाजिक संस्थाले बिकट पहाडी क्षेत्रमा रहेका बिपन्न परीवार लगायत विद्यार्थीहरुका लागि हरेक बर्ष न्यानो बितरण कार्यक्रम संचालन गर्दै आईरहेको छ । जस अन्तर्गत यसपटक कालिका नगरपालिकाको गैरीबारीमा रहेको चक्रदेवी आधारभुत बिद्यालयमा अध्ययनरत १५० विद्यार्थीहरुलाइ न्यानो बितरण गर्न लागीएको र चितवन जिल्लामा मात्रै आज सम्म करीब बीस हजार ज्याकेट बितरण गरीसकिएको संस्थाका सल्लाहकार तथा संयोजक राजेश्वर खनालले जानकारी गराउनु भयो ।

चक्रदेवी आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झनक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न न्यानो कपडा  बितरण कार्यक्रमका प्रमुख अतिथी मीन बहादुर गुरुङ विशिष्ट अतिथी काँग्रेस नेता राजेश्वर खनाल , कालिका नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले, नगर शिक्षा साखा अधिकृत रबिन्द्रराज देवकोटा, अतिथिहरुमा तिनकन्या सामुदायिक बनका अध्यक्ष मान बहादुर मगर , नारायणी बिकास समाजका सचिव सुजन गुरुङ, कोषाध्यक्ष भिम बहादुर गुरुङ ” काजी “, सामाजिक अभियन्ता केशब तिवारी लगायत बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तिल कुमारी गुरुङ, पुर्ण माया प्रजा, बिष्णु माया प्रजा र युवराज गुरुङको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्रधानाध्यापक इश्वर गुरुङले नारायणी बिकास समाजको सहयोगमा संयोजनकारी भुमिका निर्वाह गरि आफ्ना विद्यार्थीहरुलाइ न्यानो बितरण गरीदिन सहयोग गरीदिएकोमा राजेश्वर खनाल लगायतको टिमलाइ बधाई ज्ञापन गर्नुभयो ।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण बाग्लेले पहाडी भेगमा चिसो मौसममा एकसरो सर्ट लगाएर अध्ययन गर्न आउने साना नानीबाबू हरुले पाएको यो न्यानो ज्याकेटले उनिहरुलाइ अध्ययनमा थप हौसला बढ्ने हुँदा यसरी नै आगामी दिनहरुमा पनि विद्यार्थीहरुका लागि राहतका प्याकेज लिएर गाउँ गाउँमा पुग्न यस संस्थाको भुमिका अग्रणी रहने बिश्वास ब्यक्त गर्नुभयो ।

संस्थाका सल्लाहकार तथा काँग्रेस नेता राजेश्वर खनालले कार्यक्रममा उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाइ सम्बोधन गर्दै आँफुले बर्षौँदेखि शिक्षा क्षेत्रमै काम गरेको हुनाले जाडोमा न्यानो मात्रै होइन बिपन्न सयौँ विद्यार्थीहरुलाइ नि:शुल्क अध्ययन गराइराखेको र कोहि पैसाकै कारण पढ्न नपाएको छ भने आँफुलाइ जानकारी गराए कक्षा १२ सम्म नि:शुल्क अध्ययनको ब्यवस्था समेत गराइदिने जानकारी गराउनु भयो ।

न्यानो बितरण कार्यक्रमका सभापति झनक बहादुर गुरुङले नारायणी बिकास समाज संस्थाको सहयोगमा विद्यार्थीहरुले प्राप्त गरेको न्यानो सहयोग प्रती बिद्यालय सधैँ आभारी रहने र बाँकी दिनहरुमा पनि यस संस्था र राजेश्वर खनाल सङ्ग विद्यार्थी हरु आशाबादी रहिरहने हुँदा राहतका कार्यक्रमहरु लिएर आइरहन सुझाब दिनुभयो । कार्यक्रमलाई संस्थाका सदस्य तथा युवानेता लक्ष्मण गुरुङले संचालन गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology