पत्रकार महासंघ पश्चिम नवलपरासीको ११औं वार्षिक साधरण सभा सम्पन्न

NAWALPUR TIMES

पत्रकार महासंघ पश्चिम नवलपरासीको ११औं वार्षिक  साधरण सभा सम्पन्न
received 207571624418186

परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सुनवल नगरपालिका ११ बाबा बर्दगोरियामा सम्पन्न भएको हो।

सभाका प्रमुख अतिथि महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष बिपुल पोख्रेलले केक काटेर सभाको उद्घाटन गर्नु भएको हो। सभामा महासंघका सचीव राजकुमार रेश्मीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको छ भने लेखा प्रतिबेदन महासंघका कोषाध्यक्ष रबि पान्डेले प्रस्तुत गर्नु भएको हो।
सभामा महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, संस्थापक सह-सचिब बिष्णुदेबि पान्डे, संस्थापक सदस्य शान्ता भन्डारीलाइ सम्मान पनि गरिएको थियो।

सभामा प्रमुख अतिथि महासंघका बरिस्ठ उपाध्यक्ष बिपुल पोख्रेल, बिशिस्ट अतिथि सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा, बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, अतिथि पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष दीपक भट्टराई, पत्रकार महासंघ नवलपरासीका सन्स्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, पुर्ब अध्यक्ष कुल प्रसाद शर्मा, उपाध्यक्ष नारायण सुवेदी, सचिव राजु रेश्मी, पत्रकार शान्ती भन्डारी, पत्रकार बिष्णुदेबी पान्डे लगायत शुभकामना मन्तब्य दिनु राख्नु भयो।

सभामा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यसगरी सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकारहरुको क्षमता अभिबृधी सम्बन्धि तालिम पनि संचालन गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology