लागू औषध सहित दुईजना पक्राउ

NAWALPUR TIMES

लागू औषध सहित दुईजना पक्राउ
pakrau1

कावासोती । पुर्वी नवलपरासीको मध्यविन्दु-८ को पुर्व पश्चिम सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई लागू औषध सहित पक्राउ परेका छ्न ।

परदेश-३०३-००१ प ७३२१ नंको मोटर साईकलमा सवार गैंडाकोट-४ का सोमबहादुर परियार र अमित परियार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । उनिहरु बाट डाईजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल, नुफृन ५० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागू औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology