कावासोतीको गोंँडार बाट १ लाख ८६ हजार नगद सहित ८ जना जुवाडे पक्राउ

NAWALPUR TIMES

कावासोतीको गोंँडार बाट १ लाख ८६ हजार नगद सहित ८ जना जुवाडे पक्राउ
juwa tas

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१५ गोडारमा बुधबार बिहान १ लाख ८६ हजार ९ सय ५ नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन ।

स्थानीय मिनराज महतोको घरमा तास खेलिरहेका देवचुली ११ का ३६ बर्षीय लिलबहादुर राना, कावासोती १५ का २७ बर्षीय युवराज महतो, २६ बर्षीय रुमेश महतो, ४२ बर्षीय मिनबहादुर थारु, कावासोती १७ का ३३ बर्षीय मधु मगर, कावासोती ८ का ३५ बर्षीय जितेन्द्र शाह र बुलिङटार ४ निवासी ३० बर्षीय छालबहादुर मुक्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology