ट्रक र जीप ठोक्किदा एक जना घाईते, जीप चालक सँग लागू औषध बरामद

NAWALPUR TIMES

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका वडा नं १ होङ्गसी गेटमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख २७०१ नंको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ग २ च ८०२२ नंको जिप एक आपसमा ठक्कर खाँदा तनहु व्यास नगरपालिका वडा नं ४ बस्ने दिनेश शाहि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

प्रहरीले जीप चालक तनहुँ भानु नगरपालिका वडा नं १ बस्ने अर्जुन परियारलाई शंका लागि सोधपुछ गर्दा डाईजाम २५० एम्पुल, फेनारगन १८७ एम्पुल, नुफृन २ सय ४ एम्पुल फेला परेको जनाएको छ ।

पक्राउ परेका चालकलाई लागू औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अगाडी बढाईएको र घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology