विनयी त्रिवेणीको भटुके डाँडामा भिर बाट ट्रिपर खस्दा दुई जनाको ज्यान गयो

NAWALPUR TIMES

विनयी त्रिवेणीको भटुके डाँडामा भिर बाट ट्रिपर खस्दा दुई जनाको ज्यान गयो
download

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका वडा नं ३ भटुके डाँडा सल्लाघारीको पाल्पा सर्दी सडक खण्डमा पाल्पाको ज्यामिरे तर्फ जाँदै गरेको ट्रिपर खस्दा ट्रिपर चालक र सह चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार ज्यान गुमाउनेमा ट्रिपर चालक बारा सिमराका रामहरि थापा र सोही स्थान बस्ने सहचालक राजेन्द्र चौधरी रहेका छ्न ।

दुर्घटनामा ट्रिपर पुर्ण रुपमा क्षति भएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology