मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन आईपुग्यो, परीक्षण सुरु हुन एकमहिना लाग्ने

NAWALPUR TIMES

मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन आईपुग्यो, परीक्षण सुरु हुन एकमहिना लाग्ने
received 2721453751461848

कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा  पिसिआर मेसिन शनिबार आईपुगेको छ । संघिय सांसद तिलक महतले शनिबार एक कार्यक्रमका बिच मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई मेसिन हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, विष्णु लामिछाने, जिल्ला समन्यव समिति नवलपुरका संयोजक चेसराम आले, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायतले बोलेका थिए ।

पिसिआर मेसिन अस्पतालमा आईपुगे पनि परिक्षण सुरु हुन भने एक महिना लाग्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले पिसिआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगाएतका तयारी गर्नु पर्ने भएकाले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने बताएका हुन ।

यस अघि जिल्लामा संक्रमणको दर बढिरहदा पोखरा , भरतपुर , बुटवल , हेटौंडा लगाएतका क्षेत्रमा स्वाब परिक्षणको लागि पठाउदा समयमै रिपोर्ट न आउदा समस्या थपिएको भन्दै प्रतिपक्ष दल, नागरिक समाज लगाएतका सरोकारवालाहरुले जिल्लामा नै पिसिआर ल्याब स्थापनाको माग सहित सरकारको ध्यानाकर्षण गराएका थिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology