युथ काङ्ग्रेस नवलपुरको प्रश्न : महिला राष्ट्रपति भएको देशमा महिला माथी अन्याय कहिले सम्म ??

NAWALPUR TIMES

युथ काङ्ग्रेस नवलपुरको प्रश्न : महिला राष्ट्रपति भएको देशमा महिला माथी अन्याय कहिले सम्म ??
FB IMG 16023112767603179

कावासोती । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा युवाहरुले बलात्कारका घटना विरुद्ध आँखामा कालो पट्टी बाधेर प्रदर्शन गरेका छ्न । आँखामा कालो पट्टि बाधेर गरिएको प्रदर्शनमा महिला राष्ट्रपती भएको देशमा महिला माथी अन्याय कहिले सम्म भन्दै प्रश्न गर्दै प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

युथ काङ्ग्रेस नवलपुरको संयोजनमा नवलपुर लगाएत देशै भर दिनानुदिन बलात्कारका जघन्य अपराध बढिरहदा सरकार चुप लागेर बसेको भन्दै गरिएको प्रदर्शनमा सरकारको चर्को विरोध गरिएको थियो । महिला राष्ट्रपति भएको देशमा महिलाहरुनै हरेक दिन प्रताडित हुँदा राज्य मौन रहेको भन्दै अभियन्ताहरुले तत्काल बलात्कार विरुद्ध कठोर कानुन बनाउन माग गरेका थिए ।

कावासोतीको ईन्द्रचोकमा गरिएको प्रदर्शन पछि बोल्दै वक्ताहरुले बलात्कारका जघन्य अपराधलाई रोक्न कठोर भन्दा कठोर कानुन बनाउनुको विकल्प नरहेको बताएका छ्न । बलात्कारका घटनालाई लुकाउन आर्थिक प्रलोभन देखाएर मिलापत्र गराउने प्रवृतीले बलात्कारीहरुले झनै प्रसय पाएको भन्दै बलात्कारको घटना घटाउने दोषी र मिलापत्र गराउनेलाई पनि कठोर कानुनी सजाय हुनु पर्ने वक्ताहरूको माग थियो ।

युवाहरुको अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र कावासोती कि अध्यक्ष नारायणी भट्टराई , कावासोती नगरपालिका वडा नं ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठ , नेपाली काङ्ग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङ , नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे लगाएतकाले साथ दिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै युथ काङ्ग्रेस नवलपुरका संयोजक सुदिप चापागाईंले समाजमा रहेका यस्ता विकृती विरुद्ध राजनीति भन्दा माथी उठेर आफुहरु सधै अगाडी बढने बताए । समाजमा घटने यस्ता जघन्य अपराधको विरुद्धमा हातेमालो गरेर अगाडि बढन चापागाईंले सबैलाई अनुरोध समेत गरेका छ्न ।

नेपाली काङ्ग्रेस कोभिड-१९ अनुगमन समिति नवलपुर, साथ सबैको अभियान र कुमारवर्ती आदर्श सांस्कृतिक मन्चको सहकार्य रहेको कार्यक्रममा करिब पाँच दर्जन युवा अभियन्ताहरुले प्रदर्शन गरेका हुन ।

बलात्कारका घटना दिनप्रतिदिन बढदै जाँदा नवलपुरको गैंडाकोटमा गत असोज २२ गते आफ्नै दाजु द्वारा १४ वर्षे बालिका बलात्कृत भएकी छिन भने बिहिवार राती कावासोतीमा १६ वर्षीय बालिका दिदि घरमा सुत्न जानेक्रममा बलात्कृत भएकी छिन ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology