नारायणी नदीमा एक पुरुषको शव भेटियो

NAWALPUR TIMES

नारायणी नदीमा एक पुरुषको शव भेटियो
5ed0c5e61d4eb Death

कावासोती । नारायणी नदीमा एकजना पुरुषको वेवारिशे शव फेला परेको छ । पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. १२ पिठौली नजिकै नारायणी नदीमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।

नाम ठेगाना पहिचान नभएको अन्दाजी ३०, ३५ वर्षका पुरुषको शव फेला परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले शवको घटनास्थल मुचुल्का सम्पन्न गरि परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा मा राखिएको जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology