नवलपुरमा राप्रपाको समायोजन सकियो, अध्यक्षमा दलबहादुर केसी

NAWALPUR TIMES

नवलपुरमा राप्रपाको समायोजन सकियो, अध्यक्षमा दलबहादुर केसी
1602125884471

नवलपुर । राष्ट्रिय प्रजातन्त्त पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त विच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व पद विभाजन भएको  कार्य समिति चयन गरेका छन् । समितिको प्रमुख सल्लाहकार दाताराम पाण्डे, सल्लाहकार लोकनाथ लामिछाने, उपाध्यक्षहरुमा चन्द्र दत्त जैसी, वुद्वि सापकोटा, रामनाथ उप्रेती, धन बहादुर विक, टोप बहादुर सेन, टेकहरी पौडेल, मिना भट्टराई, लालमाया बुढाथोकी,  सचिव लाल प्रसाद बराल, गुणाखर काफ्ले, कोषाध्यक्षहरुमा केशव चौलागाई, राजकुमार श्रेष्ठ,  दयाराम गहतरात, प्रवक्ता विश्व सापकोटा र सहसचिव गोविन्द न्यौपाने चयन भएका छन् ।
क्षेत्र नम्बर १ को अध्यक्ष सन्तोष थापा र २ नम्बर क्षेत्रको अध्यक्ष नुर बहादुर आलेलाई चयन गरेको छ । यसै गरि गैंडाकोट नगर अध्यक्ष जित बहादुर गुरुङ्ग, देवचुलीको किरण ससी सुवेदी, कावासोतीको ऋषीराम अधिकारी र मध्यविन्दुको नगर अध्यक्षमा मोती कुमाल चयन भएका छन ।
भेलाले दुवै पाटीका जिल्ला सदस्यहरु समायोजन भएपछि बनेको जिल्ला कार्य समितिमा स्वत जिल्ला सदस्य रहने, पाटीमा योगदान पुयाएका, अन्य पाटीबाट प्रवेश गरेकालाई जिल्ला सदस्य मनोनित गर्ने, सल्लाहकार दाताराम पाण्डेलाई केन्द्रिय सदस्य मनोनित गर्न आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष रामनाथ उप्रेतीले जानकारी दिनुभयो ।

पाटीका समायोजन पुर्वका अध्यक्षद्वय दल बहादुर केसी र दाताराम पाण्डेको अध्यता, पाटी केन्द्रिय सम्पादन समिति तथा गण्डकी प्रदेश अध्यक्ष हेमजन गुरुङ्गकोको प्रमुख आतिथ्यता, सम्पादन समिति केन्द्रिय सदस्य विन्दु पहारीको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्यहरु बलराम थापा, छत्रराज बगाले, राम बहादुर श्रेष्ठ, सीता बस्याल र गण्डकी प्रदेश सदस्य ठाकुर शर्मा डुम्रे लगायतको सहभागीता रहेको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology