विद्यालय बन्द राखी वैकल्पिक विधिबाट मात्रै पढाउन विद्यार्थी संगठनको माग

NAWALPUR TIMES

विद्यालय बन्द राखी  वैकल्पिक विधिबाट मात्रै पढाउन विद्यार्थी संगठनको माग
IMG 20201007 161611

कावासोती । जिल्लाका केही सामुदायिक तथा निजि विद्यालयहरुले वैकल्पिक माध्यमबाट पठनपाठन नगराएर कोभिड-१९ लाई बढवा दिने गरि विद्यार्थीलाई विद्यालयमा बोलाई कक्षा सन्चालन गरेको र गर्ने तयारी गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै नेविसंघ र  अनेरास्ववियू नवलपुरले तत्काल विद्यालय बन्द गरि वैकल्पिक माध्यम बाट पठनपाठन गराउनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापनपत्र बुझाएका छ्न ।

नेपाल विद्यार्थी र संघ र अनेरास्ववियू नवलपुरले बुझाएको ज्ञापनपत्रमा तथा निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्दाको समयमा पठनपाठन नभएको समयको पनि शुल्क लिईएको, स्वास्थ्य सामाग्रीको नाममा शुल्क उठाईएको भन्दै तत्काल यो काम रोक्न र लिईएको शुल्क फिर्ता गराउनु पर्ने माग पनि गरिएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापनपत्रमा निजि तथा सामुदायिक विद्यालायको शुल्क निर्धारण गर्न बनाईएको शुल्क निर्धारण समितिमा जिल्लामा क्रियाशिल विद्यार्थी संगठनको अनिवार्य सहभागीता गराईनु पर्ने, शिक्षा विकास तथा समन्वय ईकाईले जारी गरेको निर्देशन अनिवार्य रुपमा विद्यालयहरुले पालना गर्नु पर्ने रहेका छ्न ।

विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले विद्यार्थी संगठनको माग जायज र उपयुक्त रहेको बताउदै सरोकारवाला सँग छलफल गरेर उचित निर्णयमा पुग्ने बताएकी छिन ।

यस्तै गरि बुधबारनै नेविसंघ र अनेरास्ववियूले जिल्ला समन्वय समिति र शिक्षाविकास तथा समन्वय ईकाईमा पनि ज्ञापनपत्र बुझाएका छ्न ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology