कावासोतीको जंगलमा कानकाटेर गहना लुटियो

NAWALPUR TIMES

कावासोतीको जंगलमा कानकाटेर गहना लुटियो
chor 1024x586 1

नारायण शर्मा/नवलपरासी — पूर्वी नवलपरासको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो । तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् । प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ । चाडवाड नजिकिँदै गर्दा हरेक वर्ष चोरी र लुटपाटको घट्ना बढने गरेका छन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology