नारायणीमा आएको बाढीले २१ परिवार बिस्थापित , प्रदेश सांसद लामिछाने सहितको टोलि बाढी ग्रस्त क्षेत्रमा

NAWALPUR TIMES

नारायणीमा आएको बाढीले  २१ परिवार बिस्थापित , प्रदेश सांसद लामिछाने सहितको टोलि बाढी ग्रस्त क्षेत्रमा
received 2639665332913089

कावासोती ७ असोज। नवलपुरमा मगंलबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नारायणी नदीले बाढी, डुबान र कटान गर्न सक्ने क्षेत्रकोको अनुगमन र निरीक्षण गरिएको छ।
बिहिबार गण्डकी प्रदेशका सांसद बिष्णु लामिछाने , मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर राना , वडाध्यक्ष नारायण पौडेल ,कोल्हुवा चौकीका प्रमुख भीम प्रसाद धितालहरुको टोलीले नारायणी नदीको निरीक्षण गरेका हुन्।

पछिल्लो समयमा नारायणी नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम प्रदेश सांसद लामिछाने र नगरपालिका प्रमुख रानाले गरेका छन्।

सांसद लामिछाने सहितको टोलीले मध्यबिन्दु नगरपालिका वडा नम्बर २,३,४ मा नारायणी नदीले क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको जनाए । सांसद लामिछानेले नारायणी नदीले बर्षेनी कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरूको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनु पर्ने बताएका छन् ।

नारायणी नदी बढ्दा मध्यबिन्दु नगरपालिका वडा नं। २ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष नारायण पौडेलका अनुसार वडाको भुताहा, सेहरी भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै २१ घर परिवारलाई दिउँसो नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष नारायण पौडेलले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको जनाए ।

नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ । रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारा लगायत गाउँ डुबानको जोखिममा परेका छन् ।

यस क्षेत्रमा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology