दाउन्नेमा गुडिरहेको बस माथी पहिरो खस्दा बस ३० फिट तल खस्यो

NAWALPUR TIMES

दाउन्नेमा गुडिरहेको बस माथी पहिरो खस्दा बस ३० फिट तल खस्यो
png transparent traffic sign landslide senyal information m41 highway others miscellaneous angle text

कावासोती । पुर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा गुडिरहेको बस माथी पहिरो खसेको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ७९४० नं को बसमा सडक माथिबाट आएको पहिरो खस्दा बस सडकबाट अन्दाजी ३० फिट तल खसेको छ ।

विनयी त्रिवेणि गाँउपालिका वडा नं-२ को विश्वकर्मा मन्दिर नजिक भएको दुर्घटनामा बसमा सवार १८ जना यात्रु मध्ये गम्भीर घाईते ७ जनालाई उपचारको लागि भरतपुर पठाईएको भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology