कावासोती । नवलपुरको देवचुलीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार अबेर राती प्राप्त रिपोर्ट अनुसार देवचुली नगरपालिकाको वडा नम्बर ३ का २ महिला, वडा नम्बर ४ का १ पुरुष, वडा नम्बर ७ का १ महिला र ४ पुरुष,वडा नम्बर ११ का ९ महिला र ५ पुरुष,वडा नम्बर १४ का ६ महिला र ४ पुरुष,र वडा नम्बर १७ का १ पुरुषमा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।
शुक्रबार बिहानमात्रै जिल्लाकै कावासोती नगरपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ७७६ पुगेको छ जसमध्ये ४ सय ५९ जना निको भइसकेको छन् भने ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित : २०७७ असोज २ गते २३:४०
Facebook Comment