हराएकी बाग्लुङकी सुरक्षा शर्मा ३३ दिनपछि फेला परिन

NAWALPUR TIMES

हराएकी बाग्लुङकी सुरक्षा शर्मा ३३ दिनपछि फेला परिन
Profile Picture Maker1599584675830

नारायण प्रभु
२३- भदौ नवलपुर
पुर्वी नवलपरासीको कावासोतीबाट गत साउन २० गते बेपत्ता भएकी बाग्लुङकी १८ वर्षीय सुरक्षा शर्मा अन्ततः भेटिएकी छन।गत साउन २० गते हराएकी छोरीको खोजी गरिदिन उनका परिवारले साउनको २५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दर्ता गराएका थिए। तर लकडाउन कारणले ढिला भएको खोजी कार्य आज भने सफल भएको छ।सुरक्षाका आमा बुबा छोरीका बारेमा बुझ्न बाग्लुङबाट जिल्ला प्रहरी कार्यालय नवलपुरमा अस्ति आएपछी चासो दिएर खोजेको प्रहरी प्रशासनले मोबाइल ट्रेकिङको आधारमा आज चितवनबाट फेला पारेको हो। गत २० गते फलफुल चोकबाट आमालाइ अन्तिम फोन गरेकी उनी त्यही दिन चितवनको   सौराहा गएकी थिइन।
आज जिल्ला प्रहरी कार्यालय नवलपुरले उनलाई परिवारको जिम्मा लगाएको छ। म संँगको टेलिफोन कुराकानीमा सुरक्षाले श्रीमानको दैनिकजसोको कुटाइ सहन नसकेर चितवन भागेको बताएकी छन। जानी नजानी आज सम्म जे जे गल्ती भए पनि सबै बिर्सिएर अब आमा बुबाको खुशीका लागि मात्र काम गर्ने बताइन।सानै उमेरमा लहै लहैमा लागेर जे जस्ता कामहरु गरेपनी अब आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने उनले स्विकार गरेकी छन।
लामो समयसम्म छोरी नभेटिएपछी मिडियाको सहारा लिन पुगेका आमा बुबाले आज छोरी भेटिएपछी पत्रकारहरुलाई समेत धन्यवाद दिएका छन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology