क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

NAWALPUR TIMES

क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला
1595304698.can

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले मूख्य प्रशिक्षकसहित महत्वपूर्ण पदका लागि आज आवेदन खुला गरेको छ।

 

मूख्य प्रशिक्षकका लागि विभिन्न व्यक्तिको नाम चर्चामा रहे पनि अन्तत: क्यानले खुला प्रतिस्पर्धामार्फत प्रशिक्षक नियुक्त गर्न लागेको हो। नेपालको प्रदर्शन निरन्तर ओरालो लागिरहेको अवस्थामा माघ अन्तिमदेखि टीम प्रशिक्षकविहीन बनेको थियो।

 

नेपालका लागि निकै महत्वपूर्ण मानिएको आइसीसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता मुखमै तत्कालीन मूख्यप्रशिक्षक उमेश पट्वालले राजीनामा दिएका थिए। यसबीचमा भारतका मिथुन मनहास र लालचन्द राजपूतको चर्चा चलेको थियो।

 

मूख्यप्रशिक्षकबाहेक क्यानले जनरल म्यानेजर (जीएम), चिफ फाइनान्स अफिसर (सीएफओ), क्रिकेट म्यानेजर (सीएम) र स्थानीय प्रशिक्षकका लागि आवेदन खुला गरेको हो।

 

लामो समयको विवादपछि निर्वाचित क्यानले कार्यभार सम्हालेको ११ महीनापछि महत्वपूर्ण पदका लागि आवेदन खुलाएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology