CPL : पोलार्डले अपत्यारिलो ब्याटिंग गर्दा ट्रिनबागोको सनसनीपूर्ण जित

NAWALPUR TIMES

CPL : पोलार्डले अपत्यारिलो ब्याटिंग गर्दा ट्रिनबागोको सनसनीपूर्ण जित
IMG 20200829 234831

काइरन पोलार्डले अपत्यारिलो ब्याटिंग गर्दा करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत ट्रिनबागो नाइट राइडर्सले बार्बेडोस ट्राइडेन्ट्सलाई सनसनीपूर्ण खेलमा पराजित गरेको छ। खेलमा बार्बेडोस ट्राइडेन्ट्सले दिएको १४९ रनको लक्ष्य ट्रिनबागोले १ बल बाँकी रहंदा ८ विकेट गुमाएर पुरा गरेको हो।

लिगमा लगातार छैठौं जित हात पारेको ट्रिनबागो अंकतालिकामा १२ अंक सहित शिर्षस्थानमा रहेको छ। बार्बेडोस छैठौं खेलमा २ जित र ४ हार पछि तेश्रो स्थानमा रहेको छ।

पोलार्डको अपत्यारिलो इनिंग 

लक्ष्य पछ्याउने क्रममा १५ औं ओभरमा ट्रिनबागोले ७७ रन बनाउदा ६ विकेट गुमाइसकेको थियो। कोलिन मुनरो खाता नखोली तथा डेरेन ब्राभो ६ रन बनाएर आउट भए।

हार निश्चित जसो देखिएको बेला कप्तान पोलार्डले विस्फोटक ब्याटिंग गरे। यस क्रममा पोलार्डले  हेडेन वाल्सले गरेको १७ औं ओभरमा लगातार ४ छक्का प्रहार गरे। त्यसपछि १९ औं ओभरमा जेसन होल्डरलाई पनि उनले लगातार २ छक्का प्रहार गरे। १७ औं ओभरमा २५ रन तथा १९ औं ओभरमा १६ रन बन्दा ट्रिनबागोलाई अन्तिम ओभरमा जितको लागि १५ रन आवस्यक रहेको थियो।

अन्तिम ओभरमा रेमन रिफरको पहिलो बलमा पोलार्डले छक्का प्रहार गरे जसपछि ५ बलमा जित्न ९ रन आवस्यक रह्यो। तर ओभरको दोश्रो बलमा पोलार्ड दोश्रो रन लिने क्रममा रन आउट हुनपुगे। मात्र २८ बलमा पोलार्डले २ चौका र ९ छक्का प्रहार गर्दै ७२ रन बनाए उनले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए।

पोलार्डले ७२ रन बनाउने क्रममा मात्र २८ बलमा २ चौका र ९ छक्का प्रहार गरे।

पोलार्डको विकेटपछि ब्याटिंग गर्न आएका खरी पियरेले पहिलो बलमै छक्का प्रहार गरे भने त्यसपछिको बलमा १ रन लिंदै टिमलाई जित दिलाए। उनले ५ बलमा अविजित १० रन बनाए।

बार्बेडोसको बलिंगमा जेसन होल्डरले २ विकेट तथा मिचेल स्यान्टनर, राशिद खान, हेडेन वाल्स र रेमन रिफरले समान १ विकेट लिए।

बार्बेडोसको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको बार्बेडोस ट्राइडेन्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाएको थियो।

बार्बेडोसको लागि जोनाथन चार्ल्सले सर्वाधिक ४७ रन बनाए।

बार्बेडोसको लागि जोनाथन चार्ल्सले सर्वाधिक ४७ ( ३७ बलमा ४ चौका र २ छक्का ) तथा कायल मेयर्सले ४२ रन ( ३ चौका र १ छक्का ) बनाए। ओपनर शाइ होप ४ रन बनाएर आउट भएपछि चार्ल्स र मेयर्सले दोश्रो विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए। १२ औं ओभरमा चार्ल्स आउट भएपछि बार्बेडोसले लगातार विकेट गुमाएको थियो। तल्लो क्रममा यसले नर्सले ९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै १९ रन तथा राशिद खानले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन बनाउदै टिमलाई राम्रो योगफलतर्फ डोर्याएका थिए।

ट्रिनबागोको बलिंगमा अकिल होसेन, जेडन सिल्स र सिकन्दर राजाले समान २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology