कलेजको टपरमा सन्नी लियोनको नाम, मच्चियो हंगामा

NAWALPUR TIMES

कलेजको टपरमा सन्नी लियोनको नाम, मच्चियो हंगामा
FB IMG 15986086987553399

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनलाई लिएर पुन: एकपल्ट हंगमा मच्चिएको छ ।  कोलकाताको एक कलेजको अनलाइन भर्ना प्रक्रियाको पहिलो योग्यता सूची जारी गरियो, जसमा सन्नी लियानको नाम शीर्ष स्थानमा छ। कोलकाताको आशुतोष कलेजको बी.ए.मा प्रवेश परिक्षाको जारी नतिजामा यस्तो भएको हो।

नतिजामा एप्लिकेशन आईडी र सन्नी लियोनको नामसहित रोल नम्बर पनि छ। यस सूचीमा सन्नी लियोनलाई कक्षा १२ बोर्ड परीक्षामा उत्कृष्ट चार विषयहरूमा ४०० वा पूर्णांक दिइएको छ। कलेजको नतिजा प्रकाशित भएसँगै आवेदन दिएका विद्यार्थीले सन्नी लियोन र कलेज प्रशासनलाई लिएर बिरोध जनाएका छन् ।

विवाद बढेसँगै कलेज प्रशासनले माफि मागेको छ । कलेजका एक अधिकारीले भनेका छन्  ‘यो कसैको चाल हो । कसैले जानाजानी सन्नी लियोनको नाम टाइप गरेर गलत आवेदन पठायो। हामीले सम्बन्धित विभागलाई यो सच्याउन आग्रह गरेका छौं। हामी यो घटनाको पनि छानबिन गर्नेछौं।’  योसँगै कलेजको प्रवेश परिक्षाको सम्पूर्ण प्रक्रिया माथि प्रश्न उठेको छ।

पछिल्लो समय सन्नी लियोन आफ्नो परिवारसँग अमेरिकामा छिन्। कोभिड १९ फैलिएसँगै उनी श्रीमान डानियल र बच्चाहरूलाई लिएर लस एन्जलसमा रहेकी छन् । केहि दिन अघि उनले पोष्ट गरेकी थिइन् ‘म र डानियलले हाम्रा बच्चाहरूलाई त्यहाँ लैजाने मौका पायौं । हामीलाई लाग्छ कोरोनाबाट त्यहाँ सु्रक्षित रहनेछौ । लस एन्जलसमा एक गोप्य बगैचामा र घर छ। ‘

सन्नीले २०१२ मा फिल्म ‘जिस्म २’ बाट बलिउडमा डेब्यू गरेकी थिइन। यस अघि उनी सलमान खान रियलिटी शो बिग बोसको हिस्सा थिइन। कार्यक्रममा महेश भट्ट  पुगेर आफ्नो फिल्मको प्रस्ताव राखेका थिए। फिल्म बाहेक सन्नी एमटीभी कार्यक्रम स्प्लिट्सविलाका कारण चर्चामा छिन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology