समाज रुपान्तरणमा राधाको भुमिका उदाहरणीय : नेता महेन्द्रध्वज जि.सी.

NAWALPUR TIMES

समाज रुपान्तरणमा राधाको भुमिका उदाहरणीय : नेता महेन्द्रध्वज जि.सी.
IMG 20201105 145450 scaled

राजु चापागाईं(राज)/कावासोती 

नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसिले स्व.पत्रकार राधा बस्यालले पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलेको भुमिका उदाहरणीय रहेको बताएका छन् ।

स्वर्गीय बस्यालको स्वर्गारोहण भएको सातौं दिनको पुण्य तिथीमा बिहीबार नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको शोक सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । आवाज बिहिनको आवाज बनेर रेडियो कार्यक्रम मार्फत महिला हक अधिकार संरक्षणमा उनले खेलेको भुमिकाको प्रसंशा गर्दै नेता जि सीले स्वर्गीय बस्यालले अपनाएको बाटो सबैले पछयाउनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रेस युनियन सभापति वीरेन्द्र पराजुलीले पत्रकार राधाको निधनले संचार जगतबाट एक जना कर्मठ कृयाशील र अनुशासित पत्रकार गुमाएको बताए ।

कार्यक्रममा बोल्दै सभापति पराजुलीले राधाको स्मृतिमा उनको परिवारको समन्वयमा प्रेस युनियन नवलपुरले राधा स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने बताएका छ्न ।

बिगत एक दशक लामो समय देखि नवलपुरलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गर्दै आएकी पत्रकार बस्यालको गत शुक्रबार क्यान्सर रोगको कारण निधन भएको थियो ।

बिगत ३ वर्ष देखि क्यान्सर रोगसँग लडदै आएकी पत्रकार राधाले क्यान्सर रोगको विरुद्धमा सचेतना फैलाउन प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसन स्थापना गरेर कार्य गर्दै आएकी थिईन ।

नेपाल प्रेस युनियन नवलपुर शाखा सभापति वीरेन्द्र पराजुलीको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका नेता तथा संविधान सभा सदस्य महेन्द्र ध्वज जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न शोक सभामा नेपाली काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, सचिव प्रेम न्यौपाने, नेपाल प्रेस युनियनका पदाधिकारी , विभिन्न सन्चार गृहका प्रमुख एवं जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन नवलपुरका सचिव आशिष रेग्मीले गरेका थिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology