विङगरको ठक्करबाट साईकल यात्री गम्भीर घाइते

NAWALPUR TIMES

विङगरको ठक्करबाट साईकल यात्री गम्भीर घाइते
IMG 20201019 212612

कावासोती । पूर्वी नवलपरासीको कावासोती ११ लोकाहा पुल नजिकै ना १ ज ८८३४ नम्बरको विङगरले साइकल यात्रीलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साइकल यात्री ठेगाना नखुलेका ४१ बर्षीय पुरुष विङगरको ठक्करबाट गम्भीर घाइते भएका हुन् । उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको नवलपुर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology