वस दुर्घटना हुदा २१ यात्रु घाईते

NAWALPUR TIMES

वस दुर्घटना हुदा २१ यात्रु घाईते
acc2022 02 18 04 21 24

कावासोती  फागुन ६ ।  पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टामा बस दुर्घटना हुँदा बसमा सवार २१ यात्रु घाईते भएका छन् । नारायणगढबाट पच्चिमतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

ना ६ ख १६७७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको छ ।

बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

अहिले स्तरोन्नतिका क्रममा रहेको सडकको दुरावस्था छ । यो सडक भएर यात्रा गर्ने यात्रुहरु जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology