लागुऔषध बोकेका भारतिय नागरिक सहित २ जना पक्राउ

NAWALPUR TIMES

लागुऔषध बोकेका भारतिय नागरिक सहित २ जना पक्राउ
1605602134342

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१६ डण्डामा जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट खटिएको प्रहरीको  RSCC टोलिले पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित एक जना भारतिय नागरिक र एक जना नेपाली पक्राउ परेका छ्न ।
मोटरसाइकलमा सवार भारतको नौतुनवा बस्ने २८ वर्षीय मोहम्द करिम धोबी र रुपेन्देही मर्चवार गाँउपालिका वडा नं ६ बस्ने २१ वर्षीय मोहम्द सैजाद धुनियालाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट डाईजापाम २०० एम्पुल,नुफिन २०० एम्पुल, र फेनरगन २०० एम्पुल बरामद गरिएको र उनिहरुलाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार कार्वाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology