भारतीय नम्बर प्लेटको कार दुर्घटना, ४ को मृत्यु

NAWALPUR TIMES

भारतीय नम्बर प्लेटको कार दुर्घटना, ४ को मृत्यु
accident bus

रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । ग‌एराति गौर-चन्द्रनिगाहपुर सडकखण्डको बम नहर झुनखुनवामा उक्त कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाे कार करिब २० मिटर तल‌ पानीमा डुबेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेर कारमा सवार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नारायण चिमोरियाले जानकारी दिनुभयाे। रातिको १० बजेको समयमा दुर्घटना भएकाे हो ।

चन्द्रपुरबाट आउँदै गरेको युके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार रोडको पश्चिमतर्फ पल्टिएरको बताइएकाे छ । मृतकहरुको हालसम्म पहिचान खुल्न नसकेको भएपनि उनीहरू साथमा भएको कागजात हेर्दा सबै भारतीय नागरिक हुनसक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त कारलाई रातिनै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको थियो। मृतकहरुको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताइएको छ ।

उनीहरूको पहिचानको लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चन्द्रनिगाहपुर गौर तर्फ ग‌इरहेको सो कारमा सवार हरुले मदिरा सेवन गरेर चलाएकोले बाट मदिरा सेवन दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology