प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनका थप ३८ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनका थप ३८ जना कोरोना संक्रमण मुक्त
IMG 20200827 161129

कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसन बाट थप ३८ जना कोरोना संक्रमितले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न ।

संक्रमणमुक्त हुने हरुमा जिल्लाको विनयी त्रिवेणि गाउँपालिकाका १ जना पुरुष , देवचुली नगरपालिकाका ११ पुरुष र ३ महिला गरि १४ जना, कावासोती नगरपालिकाका २ पुरुष र ३ महिला गरि ५ जना, हुप्सेकोट गाँउपालिकाका १ जना पुरुष , गैंडाकोट नगरपालिकाका ७ पुरुष र १ महिला गरि ८ जना, बौदीकाली गाँउपालिकाका ३ पुरुष र १ महिला गरि ४ जना, बुलिङटार गाँउपालिकाका २ जना पुरुष , गुल्मी घुरकोट गाँउपालिकाका १ जना पुरुष , रौतहट नगरपालिकाका १ जना महिला , र रुपन्देहीका १ जना पुरुष रहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए ।

डाक्टर पौडेलका अनुसार यो सँगै चिकित्सालयको आईसोलेसन बाट निको भएर घर फर्किनेको संख्या ६४४ पुगेको छ्न भने ५३ जना संक्रमित आईसोलेसनमा उपचारत रहेका छ्न ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology