नवलपुरमा कारागार नहुदा समस्या , कैदी राख्न परासी र भरतपुर पठाउनु पर्ने

NAWALPUR TIMES

नवलपुरमा कारागार नहुदा समस्या , कैदी राख्न परासी र भरतपुर पठाउनु पर्ने
IMG 20201118 170803

मिनाक्षी कंडेल/कावासोती । जिल्लामा कारागार नहुँदा जिल्ला प्रहरी कार्यलय नवलपुरलाई समस्या परेको छ । मुलुक संघियतामा गए पश्चात नवलपरासी दुई जिल्लामा बिभाजन भएर नवलपरासी वर्दघाट सुस्ता पुर्व र पश्चिम  नवलपरासी भएसंगै नवलपुरमा जिल्ला कारागार नहुदा जोखिम मोलेर अपराधिहरुलाई भरतपुर तथा पश्चिम नवलपरासी कारागार पठाउनु परेकोे जिल्ला प्रहरी कार्यलय नवलपुरका डी एस पी मोहन खाडँले बताए ।

उनका अनुसार विभिन्न अपराधका मुद्धाहरु झेलि रहेका दोषिहरुलाई जिल्ला अदाल नवलपुरले कारागार चलान गर्ने आदेश दिए पछि दोषिलाई कार्वाहीका लागि जोखिम मोलेर भरतपुर कारागार पठाउनु परेको बताए ।

दोषिलाई कारागार लैजादा कतिपय दोषिहरु विचबाटो बाटैबाट फरार हुने अवस्था सृजना हुने सम्भावना पनि बढ्ने हुदा समस्या भएको बताए यो संगै धेरै प्रहरीहरुलाई पठाउदा प्रहरी कार्यलयमा जनशक्ति नै अभाव  समेत सृजना हुने  हुने गरेको डि एस पी खाडँको भनाइ छ । उनका अनुसार जिल्ला अदालतको आदेश बमोजिम दोषिहरुलाई पश्चिम नवलपरासीको परासी र भरतपुर कारागारमा लैजाने गरिएको बताए ।

डि एस पी खाँडका अनुसार कारागारका लागि धेरै जमिन चाहिने र कारागार व्यवस्थापन तथा सुरक्षा पनि सोहि अनुसारको आवश्यक पर्ने कारण जिल्लामा तत्कालका लागि यस्तो नभएकै कारण कारागार निर्माण हुन नसकेको बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology