देवचुलीको कैलाश चोकबाट ८० हजार नगद सहित ५ जना जुवाडे पक्राउ

NAWALPUR TIMES

देवचुलीको कैलाश चोकबाट ८० हजार नगद सहित ५ जना जुवाडे पक्राउ
juwa tas

कावासोती । पूर्वी नवलपरासीको देबचुलीमा जुवाको खालबाट ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो देबचुली नगरपालिका ११ कैलाश चोकमा संजय कुँवरले सन्चालन गरेको पोल्टी फर्मबाट ८० हजार १ सय ४५ नगद सहित ५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा स्थानीय ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवचुली-११ का अम्बर बहादुर गुरुङ ,  देवचुली-१४ का कृष्ण श्रेष्ठ , सुरेन्द्र श्रेष्ठ , ओमप्रसाद पौडेल र देवचुली- १३ का टेकराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ । गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट दुई दर्जन बढी जुवाडे पक्राउ परिसकेका छन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology