दिनहुँ राजमार्गमा निस्कन्छ गैंडा

NAWALPUR TIMES

दिनहुँ राजमार्गमा निस्कन्छ गैंडा
IMG 20201022 194133

नारायण शर्मा/नवलपरासी — पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा दिनदिनै गैंडा निस्कन थालेका छन् । बिहीबार कावासोतीमा बाटामै गैंडा आइपुगेको छ । चितवन निकुञ्जबाट ६ किलोमिटर उत्तर राजमार्गमा एक सातायता दिनहुँ गैंडा डुल्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट २ किलोमिटर पूर्वतर्फ राजमार्गमा गैंडा हिँडेपछि हेर्ने र फोटो खिच्नेको भीड लागेको थियो ।राजमार्ग किनारमा चर्ने गैंडा राजमार्ग वारपार गर्दा यात्रुले रमाइलो मान्ने गरेको स्थानीय सूर्य गुरुङले बताए । डिभिजन वन कार्यालयका सहायक अधिकृत शरद अधिकारीले गैंडालाई बस्तीतर्फ आउन नदिन धपाउन थालिएको बताए ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology