गैंडाकोटदेखि पाल्पासम्मको कालीगण्डकी करिडोरको निर्माण कार्य शुरु

NAWALPUR TIMES

गैंडाकोटदेखि पाल्पासम्मको कालीगण्डकी करिडोरको निर्माण कार्य शुरु
1602327898281

होमराज रानाभाट
गैडाकोट ( नवलपरासी ), असोज २४ गते । विगत सात महिनादेखि कोरोना महामारीका कारण बन्द गैंडाकोटदेखि पाल्पासम्मको कालीगण्डकी करिडोरको निर्माणकार्य शुरु भएको छ । कोरोना महामारीले गएको चैत्र महिनादेखि ठप्प हुन पुगेको राष्टिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको निर्माण शुरु भएको आयोजनाका ठेकेदार पक्षका साईड इन्चार्ज कपिल गौलीले बताउनुभयो ।

कोरोनाको उच्च जोखिमका कारण सात महिना कुनै काम हुनसकेन आयोजना नै ठप्प हुन पुग्यो यसमा काम गर्ने सबै कामदारहरु घरघरमा गएपछि आयोजनका सबै काम पूर्ण रुपमा प्रभाबित भएको र अहिले सात महिनापछि प्रभावित काम थोरै कामदार ल्याएर भए पनि शुरु गरेका छौं, गौलीले भन्नुभयो ‘अब दशैंपछि कामले तीव्रता पाउनेछ ।’
कोरोना संक्रमणको जोखिम नभएको भए धेरै काम हुन्थ्यो कोरोनाले धेरै प्रभाव पारेको र अब भने केही सहजता नआए पनि असहजताका बीच भए पनि निर्माण कार्य अघि बढाउने सोचका साथ काम शुरु भएको गौलीले जानकारी दिनुभयो ।

पाँच अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालिगण्डकी करिडोर को अहिले गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम धमाधम शुरु भएको र यसको ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्सटक्शनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको र अहिले कोरोनाको कहर बीच नै ठेकेदारले सडक निर्माणलाई तीब्रता दिएका आयोजनाले जनाएको छ ।

पूर्वी नवलपरासीको गैँडाकोटस्थित कालिगण्डकी चोकदेखि पाल्पा पीपल डाँडा राम्दीसम्मको एक सय ३२ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्रे, एक एक मिटरको किनारा र एक एक मिटरको नाला रहनेछ ।

करिडोरको निर्माणकार्यमा कालोपत्रेको चरण गत बैशाखबाट शुरु गर्ने लक्ष्य रहे पनि कोरोनाले एक वर्ष धेकेलेको र आगामी वैशाखबाट कालोपत्रे शुरु गर्ने लक्ष्य लिईएको आयोजनाका साईड इन्चार्ज गौलीले बताउनुभयो ।
सडक निर्माणको जिम्मेवार कम्पनी इकेके इफ्रास्टक्चर लिमिटेड भारतले ,सडक निर्माणका लागि नेपाली कम्पनीलाई समेत संलग्न गराइएको हो । नेपाली कम्पनी मध्येका आशिष निर्माण सेवा भरतपुरका साइड इन्चार्ज कपिल गौलीका अनुसार पाल्पा क्षेत्रबाट निर्माण कार्य गरिदै आएको करिडोरको ८५ किलोमिटर सडक फाराकिलो अर्थात (मापदण्ड अनुसार ११ मिटरको बनाउने कार्य अन्तिम चरणमा पुगेको । चार वटा खण्ड बनाएर काम शुरु भएको र गैडाकोट क्षेत्रबाहेक अन्य ठाउँमा कटिङको काम तीव्र रुपमा अघि बढेको निर्माण कार्यमा सहभागी गौलीले बताउनुभयो ।

यस करिडोरको चार खण्डमध्ये कालिगण्डकी चोकदेखि बु्लिङटारको थामवेसीसम्म, थामबेसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको छ । २०७५ मंसिर १७ गतेबाट शुरु गरिएको कालिगण्डकी करिडोरको निर्माणकार्य २०७८ मंसिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले एक देखि डेढ वर्ष धकेलिने आयोजनाले जनाएको छ ।
कालिगण्डकी करिडोरको १३२ किलामिटरमध्ये अहिले ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा छन् भने हाल सम्म ३० प्रतिशत काम सम्पन्न भएको नेपाल सरकारका तर्फबाट सडक हेर्ने सब इन्जिनियर पदम अधिकारीले बताउनुभयो ।.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology