गण्डकीको बजेट : पूर्वाधारमा सवा ११ अर्ब, सांसद विकास कोषमा ७२ करोड

NAWALPUR TIMES

गण्डकीको बजेट : पूर्वाधारमा सवा ११ अर्ब, सांसद विकास कोषमा ७२ करोड
Gandaki Bajet1686914345

कावासोती  । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शीर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । बहुआलोचित सांसद विकास कोष अर्थात् पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड छुट्याएको छ । प्रति निर्वाचन क्षेत्र २ करोडका दरले सांसदको तजबिजीमा खर्च हुने कार्यक्रमले निरन्तरता पाएको छ ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिए ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताए ।

‘संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौं,’ उनले भने, ‘बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिँदै नयाँ योजना थपिएका छन् ।’

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology