सिमलताल दुर्घटना : नारायणीमा हराइरहेका यात्रु खोज्न मोटरबोटसहित सेना परिचालन

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन २ गते ८:४५
सिमलताल दुर्घटना  : नारायणीमा हराइरहेका यात्रु खोज्न मोटरबोटसहित सेना परिचालन
simaltal2024 07 16 06 50 04

नारायण शर्मा, कावासोती । ६ दिन अघिदेखि चितवनको सिमलताल बस दुर्घटनामा हराइरहेका यात्रु खोज्न पूर्वी नवलपरासीमा पहिलो पटक सेना परिचालन गरिएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा हराइरहेका यात्रु खोज्न प्राविधिक जनशक्ति र मोटरबोटसहित मंगलबारदेखि सेना परिचालन गरिएको जानकारी दिए ।

कावासोतीमा रहेको वन तथा पर्यावरण निर्देशनालय अन्तर्गतको सेनाको कमान्डामा चितवन निकुन्ज र यहाँको अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्तिसहित परिचालन गरिएको हो ।

बस्ती नभएको स्थानमा स्थानीयको निगरानी हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा समेत सैनिक टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीले सुनाए ।

चितवन तर्फ पनि त्यसरी नै सेना खटाइएको छ ।यसअघि सेनाले प्रहरीको उद्धार टोलीलाई सघाउँदै आएको थियो । पूर्वी नवलपरासीको नारायणी नदीमा २ वटा मोटरबोटमा सेना तैनाथ गरिएको हो । यसैबीच नारायणीमा बेपत्ता र मृतकका परिवारलाई चितवनमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

होटल संघ चितवनले मृतकका परिवारलाई खाने बस्ने ब्यबस्था निःशुल्क गरिरहेका चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित : २०८१ साउन २ गते ८:४५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI