वाग्मतीसहित यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

NAWALPUR TIMES

वाग्मतीसहित यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
weatherrainycloud nepal 20210903025308

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।

पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली  रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मैसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१ लगायत वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology