नवलपुरमा खडेरीले मकैको बोट सुक्न थाले

NAWALPUR TIMES

नवलपुरमा खडेरीले मकैको बोट सुक्न थाले
received 267414685682918

२८ वैशाख, नवलपुर ।
नवलपुरमा खडेरीले मकैको बोट सुक्न थालेको छ । लामो समय पानी नपरेपछि मकैको बोट सुक्न थालेको हो । बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । धान सहित मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु हुर्किन नपाउदै मकै सुक्न थालेपछि चिन्ता गर्न थालेका छन् । लगाएको बाली खेडरीले बोटमै धमाधम सुक्न थालेको छ । बारीमा मकैका बोट सुकेर नष्ट हुदै गएका छन् ।

 

जिल्लाको कावासोती , देवचुली , गैँडाकोट, मध्यविन्दु लगायतका ठाँउमा खडेरीले मकै सुकेर नष्ट हुँदै गएका हुन् । जिल्लामा पर्याप्त वर्षा भएको छैन । विशेषगरी सिँचाइ सुविधा नभएको स्थानका मकै बाली सुकेका छन् । किसानले लगाएको मकै बाली मात्र हैन, व्यवसनयिकरुपमा गरेका तरकारी खेतीमा समेत खडेरीले प्रभाव पारेको छ । खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरुलाई भोकमरी निम्तिने अवस्था आएको किसानले गुनासो गरेका छन् ।

 

जिल्लामा ४५ सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । यो वर्ष मौसम विभागका अनुसार तराइ क्षेत्रका जिल्लाहरुमा कम पानी पर्ने प्रक्षेपण गरेको छ । नवलपुर जिललामा यो वर्ष १३ हजार ५३० मेट्रीक टन मकै उत्पादन हुने अनुमान छ । तर यही अवस्था रही रहने हो भने मकै उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology