देशको अन्न भण्डार मधेस जोगाउन चुरेको संरक्षण अनिवार्य : उपराष्टपति यादव

NAWALPUR TIMES

देशको अन्न भण्डार मधेस जोगाउन चुरेको संरक्षण अनिवार्य : उपराष्टपति यादव
1687009092277

कावासोति । उपराष्टपति रामसहाय प्रसाद यादवले चुरे भावर र मधेस अन्योन्याश्रित रुपमा गाँसिएकाले चुरेको संरक्षण नहुदा देशको अन्न भण्डार मधेस संकटमा पर्ने बताएका छ्न ।  नवौं चुरे संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शनिबार नवलपुर आएका उपराष्टपति यादवले देशको अन्न भण्डार मधेस जोगाउन चुरेको संरक्षण अनिवार्य रहेको बताएका हुन ।

कार्यक्रममा चुरेको दोहन बढदै जाँदा यसका नकारात्मक असरहरु देखिन लागेको भन्दै उपराष्टपति यादवले मधेश मा मात्रै होइन चुरे आसपासका भुगोलहरुमा समेत खानेपानि र सिचाइ क्षेत्र प्रभावित भएको, कृषि उत्पादन घटेको, तराई तथा मधेस क्षेत्रमा जमिन मुनिको पानिको सतह घटदै जाँदा इनार कल पोखरीहरु सुक्दै जानू चिन्ताको विषय भएकोले चुरे जोगाउने तर्फ ईमानदार पुर्वक लाग्नु पर्ने बताएका हुन ।

नवौं चुरे संरक्षण दिवसको अवसरमा शनिबार नवलपुरको कावासोती-६ मा रहेको विष्णुनगर सामुदायिक वनमा राष्ट्रपति चुरे तथा मधेस संरक्षण विकास समिती र नेपाली सेनाको २ नम्बर वन तथा पर्यावरण गणको आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुन उपराष्टपति यादव नवलपुर आएका हुन । कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, नेपाली सेनाका अधिकारीहरु राजनीतिक दल तथा विभिन्न कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।वृक्षारोपण कार्यक्रममा करिब १० हजार बिरुवा रोपिने आयोजकले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology