गैडाको आकमणबाट २ जना घाईते

NAWALPUR TIMES

गैडाको आकमणबाट २ जना घाईते

कावासोती :  पूर्वी नवलपरासीको कावासोतीमा २ जना गम्भिर घाईते भएका छन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैडाले कावासोती नगरपालिकाको वडा नं ११ र १२ मा आक्रमण गर्दा २ जना घाईते भएका कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

गैडाको आक्रमणबाट कावासोती ११ की अन्दाजी ३७ वर्षीय अनिता बोटे र कावासोती १२ का ५५ वर्षीय टिकादत्त अधिकारी घाईते भएका अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार गैडाको आक्रमणबाट गम्भिर घाईते भएकी बोटेलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ भने सामान्य घाईते अधिकारीलाई स्थानिय अस्पतालमा उपचार गरिएको छ ।

निकुञ्जबाट निस्किएको गैडाले आईतबार बिहान कावासोती १२ को बस्तीमा पसेर आतंक मच्चाएको स्थानिय राजकुमार गुरुङले बताउनु भयो । बिहान ९ बजेको समयमा बारीमा घाँस काटदै गरेको अवस्थामा अधिकारीलाई आक्रमण गरे पछि निकुञ्नको हात्तीको सहयोगमा गैडालाई लखेटने क्रममा गैडा भागेर कावासोती ११ को बस्तीमा पसेर घरको आगनमा आगो ताप्दै गरेकी बोटेलाई आक्रमण गरेको हो । दुईवटा हात्तीको सहायताले गैडालाई नारायाण्ी नदि पारीको निकुञ्जको जंगलमा पठाईएको हो ।

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने गैडा लगाएतका वन्यजन्तुले पूर्वी नवलपरासीमा आतंक मच्चाउने गरेको छ । गैडा लगाएतका वन्यजन्तु पटक पटक हुने गरेको आक्रमणबाट स्थानियबासी त्रासमा रहने गरेका छन भने खेतबारी लगार्ईको खेतीबाली समेत वन्यजन्तुका कारण फल्नै नपाई नष्ट हुने गरेको स्थानियहरुको गुनासो रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology