गुरुराज घिमिरेले मागे कांग्रेस सभापति देउवाको राजीनामा

NAWALPUR TIMES

गुरुराज घिमिरेले मागे कांग्रेस सभापति देउवाको राजीनामा
download 2

कावासोती । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो ?’, उनले प्रश्न गरेका छन्, ‘आज किन जोगाउन सकिएन ?’ अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनु पर्ने बताएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology