कावासोतीमा बस दुर्घटना हुँदा २१ जना घाईते

NAWALPUR TIMES

कावासोतीमा बस दुर्घटना हुँदा २१ जना घाईते
IMG 20230108 WA0033

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट कावासोती सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन ।

बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रुबाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भएको छ ।

पाठकका अनुसार घाईतेहरु मध्ये ७ जना मध्यम र अन्य १४ सामान्य घाइते रहेका छ्न दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएको तथा बसको चालक प्रहरी नियन्त्रणमा रहेको र बस घटना स्थलमै रहेको र यातायात अवरुद्ध नभएको पाठकले बताउनु भयो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology