काँग्रेसको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि गैँडाकोटमा सुरुहुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ६ गते ९:०९
काँग्रेसको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि गैँडाकोटमा सुरुहुँदै
congress banner 768x384 1

कावासोती । नेपाली काँग्रेस नवलपुरको आयोजनामा तीनदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि गैँडाकोटमा सुरु हुँदैछ ।

विजयविकास स्रोतकेन्द्रको सभाहलमा आजदेखि सुरु हुने तीनदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काँग्रेस उपसभापति तथा कार्यबाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रममा गाउँपालिकाबाट एकजना महिला सहित चारजना र नगरपालिकाबाट एक महिला सहित पाँचजना सहभागि हुने काग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा सहभागि हुनको लागि काग्रेस नवलपुरले कम्तीमा पनि पाँचवर्ष कृयाशिल सदस्यको रुपमा रहेको हुनुपर्ने, कक्षा १२ पास भएको हुनुपर्ने, सञ्चार सम्वन्धी राम्रो सिप भएको हुनुपर्ने लगायतमा मापदण्ड तय गरेको छ ।

प्रशिक्षणमा सहभागि हुनेहरुको लागि तीनदिन सम्मकै आवास, खाना तथा खाजाको समेत पार्टीले बन्दोबस्त गरेको छ ।

प्रकाशित : २०८० माघ ६ गते ९:०९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI